सोमबार ३१ जेठ २०७८

मानव स्नेहि काख एउटा यस्तो संस्था हो जहाँ अभिभावक नभएका बालबालिका र मनोरोगि दाजुभाई तथा दिदिबहिनीहरुको पालपोषण र उपचार हुँदै आएको छ ।श्रिनेहा पोखरेल जो यो संस्थाको संस्थापक एवम् शो संस्थालाई चलायमान राख्न अहोरात्र खटिरहने पात्र हुन् ।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

उनिसगै भेट्न भन्दै हामी उनकै संस्थासम्म पुगेका छौ । सो संस्थामा धेरै नै सदस्य भएको कारण अहिले खाद्यान्नमा अत्याधिक समस्या भएको र त्यति मात्रै हैन सो संस्थामा गर्भवती महिला पनि ल्याएको हुदा दिनहु जसो चेकजाचमा लग्दै गर्दा हदसम्मको गाह्राे र अप्ठ्यारो भएको श्रिनेहा बताउँछिन् ।त्यति मात्रै कहाँ होर बच्चालाइ दूध समेत खुवाउन नपाएको र भोकभोकै राख्नुपरेको स्थिति सृजना भएको उनी बताउँछिन् ।

बिहान बेलुकाको छाक नै टार्न धौधौ परिरहेको र चामल समेत नभइदिदा एकदमै कष्टकर जीवन बेथित गर्न बाध्य भएको उनी बताउँछिन ।मानवले मानवलाई सेवा गर्ने अभिप्रायका साथ दिनरात खटिरहेको शो संस्थालाई चलायमान राख्न हाम्रो पनि जिम्मेवारी हो,आउनुहोस् सहयोग गरौ ।

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया