शुक्रबार ०७ माघ २०७८

काठमाडौं: रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको लोप्राङमा बलेरो जिप दुर्घ’टना हुँदा जिपमा सवार ६ जना घा’इते भएका छन्। बुधवार बिहान करिब ११ बजेतिर प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको सिंगल क्याप बलेरो जिप दुर्घ’टना भएको हो । उक्त जिप सुनापति ४ बेथानको लोप्राङबाट बेथानकै डहुतर्फ जाँदै गर्दा लोप्राङको सडकबाट करिब ७० मिटर तल भिरमा ख’सेको थियो ।

सो जिपमा सवार ६ जनाको स्थानीय र बेथान प्रहरी चौकी बाट खटिएका प्रहरीले उ’द्धार गरेका थिए । हाल सबै घा’इतेको बेथान स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अहिले सम्म घा’इतेको अवस्था सामान्य रहेको देखिन्छ । घटना भर्खरै मात्र भएकाले घा’इतेको उ’द्धारको काम सकिएको छ ।

गाडीचालक सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको लोप्राङका २२ वर्षीय रामशरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी राखेको प्रवक्ता श्रेष्ठले बताए। बलेरो गाडी सडकबाट अचा’नक करिब ७० मिटर तल ख’सेपछि सल्लाको रुखमा अड किएको थियो । दुर्घ’टनमा परी घा’इतेहरुको तत्काल स्वास्थ्य चौकीसम्म पु¥याउनको लागि स्थानीय रमेश केसीले गाडीको व्यवस्था गरेका थिए ।

२६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया