शुक्रबार ०७ माघ २०७८

आज सूर्य ग्रहण लाग्दै, कस्तो असर पर्ला नेपालमा आज २०७८ सालको पहिलो खग्रास सूर्यग्रहण बिहिबार (आज) लाग्दैछ।

जेठ महिनाको अमावश्यमा हुन लागेको सूर्य ग्रहण यस वर्षको पहिलो सूर्य ग्रहण हो। आजको सूर्यग्रहण नेपाली समय अनुसार दिउँसो १ः५७ बजेदेखि साँझ ६ः५६ बजेसम्म रहने छ। आजको सूर्यग्रहण नेपालको कुनै पनि ठाउँबाट नदेखिने पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको छ।

आजको सूर्यग्रहण सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, यूके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने र यसको कुनैपनि असर नेपालमा नरहेको समितिले जानकारी दिएको छ।

आजको सूर्यग्रहण नेपालमा नदेखिने भएका कारण बार्नु नपर्ने समितिका सचिव सूर्यप्रसाद ढुंगेलले बताउनुभयो।

ग्रहणको समयमा सूर्यमा कुण्डलाकार आकृति देखिने गरेको छ । सूर्य, चन्द्रमा र पृथ्वी सिधारेखामा आउँदा कुण्डलाकार सौर्य ग्रहण लाग्ने गर्दछ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

३०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया