शनिबार १५ माघ २०७८

काठमाडौ । सिराहामा महिला माथि हुने घटनाको चरम रुप सिरहामा देखिएको छ । सिराहाको धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा एक गर्भवती महिलालाई आ गो ल गाइएको छ । उनको निधन भएको छ । घटना गराएको अभियोगमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

र क्सीका लागि पैसा मागेका श्रीमानलाई उनले पैसा दिन नसक्दा घटना भएको हो । गत शुक्रबार राति दीपेन्द्र चौधरीले ३० वर्षीया पत्नी पूजा चौधरीसंग पैसा मागेका थिए । तर र क्सीका लागि आफुसंग पैसा नभएको पूजाले बताइन् । त्यसो भनेपछि रिसाएका श्रीमानले गर्भवती पूजालाई आ गो ल गा एका हुन् ।

सुरुमा पेट्रोल पूजा माथि खन्याए । अनि उनले आ गो ल गा एको प्रहरी अनुसन्धानबाट खुलेको छ । पूजालाई राति नै दीपेन्द्र र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम उपचारका लागि लगेका थिए । उनको प्राथमिक उपचारपछि उपचारको लागि विराटनगरस्थित नोबेल हस्पिटलमा भर्ना लगियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको थियो । काठमाडौंतर्फ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया