बुधबार २० साउन २०७८

श्रीमानले नै ह’त्या गरेको भन्दै माईती पक्षद्वारा कार’वाहीको माग । दोसि लाई कार्बाही को दायराम लेउनको लागि सक्दो सेयर गरौं जिल्ला प्रहरी कार्यालय बाँकेमा आज तनाव भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ भृकुटिनगर निवासी स्वस्तिका लिम्वुको मृ’त्युको बिषयलाई लिएर त’åनाव भएको हो । लिम्वु हिंजो घरमा झु’ण्डिएको अवस्थामा मृ’त फेला परेको प्रहरीले जनाएको छ ।

राँझामा रहेका माइती पक्षले स्वस्तिकाको हत्या भएको भन्दै कार’वा’हीको माग गर्दै जिल्ला प्रहरीमा आएर प्रर्दशन गरिरहेका छन् । करिव दुईसय बढीको मासले प्रर्दशन जारी राख्दा तनाव भएको हो ।

स्वस्तिकाको ६ महिना अघि भृकुटीनगरका आशिष बुढाक्षेत्रीसँग विवाह भएको थियो । माइती पक्षले श्रीमानले नै स्वस्तिकाको ह‘त्या गरेको भन्दै कारवाहीको माग राखेर प्रर्दशन गरेका हुन् । श्रीमानले पटकपटक स्वस्तिकालाई कुटपिट गर्ने गरेको माइती पक्षको भनाइ छ ।

नयाँ बर्षको दिन विहान छोरीले माइत आउछु भनेको र मध्यान्ह श्रीमानले आउन दिएनन आउन पाउदीन भनेर फोन गरेको आमाले बताउनुभयो । त्यसपछि छोरीको मोवाइल अफ भएको पनि उहाँले बताउनुभयो ।

छोरीले आ’त्मह‘त्या नगरेको दावी गर्दै उहाँले ह‘त्या भएको आरोप लगाउनुभएको छ । पीडितहरुले प्रहरी प्रशासनले दोषीलाई उम्काउन खोजेको आरोप पनि लगाएका छन् । तर बाँकेका एसपी अरुण पौडेलले आशिषलाई प‘क्राउ गरी अ’नुसन्धान सुरु गरिसकेको जानकारी दिनुभयो ।

४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया