सोमबार २० आषाढ २०७९

काठमाडौँ । केही मानिसहरु कति’सम्म निर्दयी हुन सक्दारहेछन् भन्ने कुरा चीनका एक’जना पुरुषले उदाहरण पेश गरेका छन् ।ती पुरुषले यस्तो कर्तुत गरेका छन् की पिता पुत्रको सम्बन्ध’लाई नै कलंकित बनाएका छन् ।ती पुरुषले आफ्नो २ वर्षीय छोरालाई विक्री गरे र त्यसरी हात परेको पैसाले नयाँ गर्लफ्रेण्ड’लाई लिएर देश घुम्न निस्किए ।

पूर्वपत्नी’सँगको सम्बन्ध विच्छेद’पछि उनले छोराको पालनपोषण गर्दै आएका थिए । तर गर्लफ्रेण्ड’सँग घुम्नका लागि पैसा जुटाउन उनले त्यही छोरालाई बेचिदिए ।

चिनियाँ सञ्चार माध्यम झेझियांग लिगल डेलीका अनुसार ती पुरुषको पूरा नाम खुलाइएको छैन र उनको थर चाँहि शी बताइएको छ ।

ती पुरुषको पत्नी’सँग झगडा भए’सँगै सम्बन्ध’विच्छेद भएको थियो र दुईजना बच्चा’मध्ये छोरीको लालनपालनको जिम्मा आमाले र छोराको जिम्मा बाबु चाँहिले लिएका थिए ।

काममा व्यस्त भएको भन्दै ती पुरुषले आफ्नो छोरालाई हुजोउ सहर’स्थित भाईको घरमा छाडेका थिए । गत महिना चाँहि उनी भाइको घरमा गएर छोरालाई लिएर घर फर्के । छोराकी आमाले छोरा हेर्न चाहेको भन्दै उनले भाइको घरबाट छोरा लिएर गएका थिए ।

तर उनले छोरालाई त्यहाँ’बाट लगेर चांग्सु सहरस्थित एक निसन्तान दम्पतीलाई बेचिदिए र त्यसबापत झण्डै २४ हजार डलर बराबरको रकम प्राप्त गरे । छोरा बेचेर हात परेको पैसाले उनले आफ्नी नयाँ गर्लफ्रेण्डलाई लिएर चीनको भ्रमणमा निस्किएको बताइएको छ ।

आमा’सँग भेट गराउन भन्दै लगेको छोरालाई धेरैदिन’सम्म पनि शीले फर्काएर नल्याएपछि र फोन समेत नउठाए’पछि शीका भाइलाई शंका लाग्यो र प्रहरीमा खबर गरे ।

३०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया