शुक्रबार ०७ माघ २०७८

पार्टीको केन्द्रमा सुरु भएको विवाद प्रदेश तहसम्म पुगेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्ना चार मन्त्री बर्खास्त गरेका छन् । भएका प्रदेश २ का नि वर्तमान भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आफ्नो पद मध्यरातमा बर्खास्त भएकोमा सरप्राइज लागेको बताएका छन् ।

उनले भने, बेलुका वेडमा जाँदा मन्त्री नै थिएँ । समाचार आएपछि धेरै जनाले फोन गरे । औपचारिक रूपमा कुनै जानकारी आएको छैन । तर पद त गै सकेछ । अब के गर्ने? उनले यस विषयमा अहिले नै बढी टिप्पणी नगर्नेसमेत बताए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार साँझ मन्त्री सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतबार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।

२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया