मंगलबार १२ आश्विन २०७८

काठमाडौ – लोकप्रिय गायिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ। छोरी जन्मिए संगै उनि पहिलोपटक मिडियामा आएकी हुन्।

छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको छ । परियारले १० बर्ष पहिलेनै नारायण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् ।

रोल्पा जिल्ला बाट गीत गाउनकै लागी भनेर २०६४ सालमा राजधानी छिरेकी शान्तीले आजको स्थान सम्म आइपुग्नको लागी धेरै कठिन मोडहरु पार गर्नु परेको छ । यसो त यो क्षेत्रमा सफलता प्राप्त गर्नकोे लागी त्यति सहज पनि छैन ।

आज सम्म करिव २५० भन्दा बढि गीतहरुमा आवाज दिइसक्नु भएकी शान्तीले पहिलो गीत अरु भन्दा फरक म किन भन्ने गीतमा आवाज दिँदा खुसीले आँसुनै आएको थिए । त्यस पछि आजको दिन सम्म शान्तीलाई पछि फर्केर हेर्न परेको छैन ।

यो क्षेत्रमै पहिलो पटक आफ्नो आवाज दिई आधुनिक गीत गाए बावत पाएको पहिलो पारीश्रमीकले आफुलाई खुसिको आँसु आएको र गाएरै जिवन धान्न सकिने हौसला समेत प्राप्त भएको बताउनु हुन्छ ।

आफु यो क्षेत्रमा प्रवेश गरे सँगै अग्रजकलाकारहरुले गर्नुभएको मायाले गर्दा आफुलाइ स्रोता र दर्शकले गायीका शान्ती श्री परियारको रुपमा नाम दिएको बताउनु हुन्छ । आज सम्म मलाई यो स्थान सम्म ल्याइपुराउनको लागी मलाई जुन रुपले माया गरिरहनु भएको छ त्यो माया मैले निरन्तर पाउने छु भन्ने आशा लिएकी छु ।

यो समाचार पनि पढ्नुहोस्:-को’रोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ ।

यसैगरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ ।

त्यस्तै परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बाँस्तोलाको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ ।

यसैगरी परिषद् सदस्य देवी बरालको संयोजकत्वमा सरकारी निकाय समन्वय समिति, परिषद् सदस्य उद्धवप्रसाद बरालको संयोजकत्वमा मेला, बजार तथा सजावट व्यवस्था समिति, कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा स्वयंसेवा परिचालन समिति र मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन समिति गठन गरिएको कोषाध्यक्ष थापाले राससलाई जानकारी दिनुभयो ।

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ तीव्र बनाइएको छ । आज बिहान वाग्मती सफाइ महाअभियानले समेत पशुपति क्षेत्रमै सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले बताउनुभयो ।

कोषले महाशिवरात्रिमा पशुपतिमा आउने जति भक्तजनलाई दर्शन गराउने गरी तयारी शुरु गरेको छ । महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनमा अनुरोध गरेको छ ।

फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । महाशिवरात्रिका अवसरमा गत वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले फागुन २५ गतेदेखि शुरु गर्दैछ । महाशिवरात्रिका दिन भने रु पाँच हजार १०० र रु ११ हजारको मात्र विशेष पूजा गर्ने कोषले घोषणा गरेको छ ।

रु पाँच हजार १०० को रसिद काटेर विशेष पूजा गर्ने भक्तजनका तर्फबाट दुई जना र रु ११ हजारको रसिद काटेर गरिने विशेष पूजाको रसिदका चार जना कर्तालाई पशुपतिनाथको दर्शन गराइने कोषाध्यक्ष थापाले जानकारी दिनुभयो ।पशुपतिमा महाशिवरात्रिमा दर्शन गर्न आउने भक्तजनले अनिवार्यरुपमा मास्कसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्ने छ । मूल मन्दिरभित्र भौतिक दूरीसमेत कायम गरेर दर्शन गराउने कोषको तयारी छ ।

२९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया