शुक्रबार १४ आश्विन २०७९

कञ्चनपुर । कञ्चनपुर प्रहरीले १३ वर्षीया छोरीलाई कर णी गरी गर्भवती बनाउने बुवालाई पक्राउ गरी कारवाही अघि बढाएको छ । यहाँको बेदकोट नगरपालिकामा ५५ वर्षीय पुरुषले आफ्नै छोरीलाई गर्भवती बनाएको खबरपछि पक्राउ गरी कर णीमा मुद्दा चलाइएको छ ।

“प्रारम्भिकरूपमा हेर्दा बालिका गर्भवती रहेको सात महिनाभन्दा बढी समय भइसकेको छ”, प्रवक्ता थापाले भने, “घरमा मौका छोपी ती पुरुषले एक वर्षअघिदेखि छोरीलाई यस्तो गर्दै आएको देखिन्छ ।”

प्रहरी स्रोतका अनुसार शुरुमा ड’र, त्रा’सले ती बालिकाले बुवाले गर्ने घटना बाहिर ल्याउन सकिनन् । पेट बढ्दै गएपछि आफन्तले थाहा पाएपछि स्थानीयवासीमार्फत प्रहरीमा त्यसको खबर पुग्यो ।

“बुवाले नै कर णी गरेको शुरुमा बालिकाले भन्न गाह्रो मानिन्”, प्रहरी स्रोतले भन्यो, “पछि अनुसन्धान गर्दै जाँदा बालिकाले घटनाको बेलीविस्तार पोखिन् ।” अहिले बालिकालाई सेफहाउसमा राखिएको छ भने अभियुक्त बुवा प्रहरी नियन्त्रणमा छन् ।

३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया