शनिबार १५ माघ २०७८

उज्यालो नेपाल, जेठ १९- मलेशियामा नेपाली कामदार बोकेको सवारी दुर्घटनामा परेको छ ! दुर्घटनामा परि एक नेपालीले ज्यान गुमाएका छन् भने अन्य केहि घाईते भएका छन्, घाईते मध्ये तिन नेपालीको अवस्था गम्भीर रहेको मलेशियन संचारमाध्यमले खबर लेखेका छन् ! मलेशियाको जोहोरबारु भन्ने ठाउँमा घटना घटेको हो! नेपाली सुरक्षागार्डहरुलाई लिएर गईरहेको गाडीले अचानक नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ !

घटनामा अन्य पांच जना नेपाली सामान्य घाईते भएका छन् ! सबै घाईतेहरुको सुल्तानाहा अमिनाहा अस्पतालमा उपाचार भईरहेको छ । आज विहान मलेसियन समय ७.३० मा थाम्पसन अस्पताल नजिकै बन्डार जादै गरेको जालान स्टुल लाउटमा तिब्र गतिको कारण उक्त सवारी दूर्धटनामा परेको स्थानीय प्रहरीले जनाएको छ । मृत्यू भएको व्यक्तीको पहिचान खुलाईएको छैन भने सवै नेपाली सेक्यूरिटी कम्पनिमा काम गर्ने कामदारहरु भएको जनाईएको छ !

३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया