सोमबार २० आषाढ २०७९

टिकटकबाट कमाएको पैसाले मोडल गरिमा शर्माले ४ सय जना गरिब दुखीलाई खाना खुवाएकी छिन् । को’रोना महामारीका बेला सबै जना समस्यामा छन् । स’मस्यामा परेकाहरूलाई सक्नेले सहयोग गरिरहेकै छन् ।यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा शर्माले पनि दुखमा परेका लगभग ४ सय जनालाई खाना खुवाएर सहयोग गरेकी छिन् ।

साथै, हाम्रो टिम नेपाललाई अन्य सेवाको लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् ।आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् ।‘जनताको पैसा जनतालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् । ‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’-

गरिमाले बताईन् ।लकडाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुँ व्यस्त हुने गरिमाले आफूले सकेको सहयोग गरेको जानकारी दिइन् । पछिल्लो समय धेरै कलाकर्मीले दुखमा परेकालाई सहयोग गरिरहेका छन् । गरिमाले पनि समाजसेवीको लिस्टमा आफ्नो नाम लेखाएकी छन् ।

४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया