शनिबार १५ माघ २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप लम्बिने भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो पारेर थप्ने तयारी गरिएको हो ।

कोरोना संक्रमणको जोखिम अझै यथार्वत रहेकाले निषेधाज्ञा केही खुकुलो पारेर १० दिन थप्नेमा तयारी गरिएको हो । निषेधाज्ञा थप्ने विषयमा आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

अब थप हुने निषेधाज्ञाको अवधिमा खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलिभरी, किताब पसल बिहान १० बजेसम्म खुल्न दिइने बताइएको छ ।

अर्कोतिर निर्माण कार्य सुरक्षित तरिकाले सञ्चालन गर्न दिइनेछ । आजको बैठकले ढुवानीका सवारी–साधन राति ९ देखि बिहान ४ बजेसम्म सञ्चालन गर्न दिइनेलगायतका विषयमा निर्णय गर्दैछ ।

उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आज राति १२ बजेबाट समाप्त हुँदैछ । यो बीचमा थप १० दिन निषेधाज्ञा भएमा जेठ मसान्तसम्म नै पुग्ने देखिएको छ ।

१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया