बुधबार ०८ बैशाख २०७८

काठमाडौं / बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भएपनि सुपरहिट भइहाल्छ । बलिउडमा उनको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म ‘भारत’ हो ।सलमानलाई वर्षौदेखि प्रशंसकहरुले एउटा प्रश्न पटक-पटक गर्ने गरेका छन्- ‘कहिले बिहे गर्ने ?’

उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ । तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन । सलमानको पारिवारिक सुत्रको अनुसार, सलीम खान (सलमानका पिता) ले भनेका छन्, ‘सलमानलाई बिहेको द’बाब नदिँदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।’ऐश्वर्यासँग ब्रे’कअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यस का’रण उनले कहिल्यै बिहे नगर्ने फैसला लिएका हुन् ।

यो पनि जोमसोम : बेनी-जोमसोम सडकखण्डमा मंगलबारदेखि दैनिक ६ घण्टा ब’न्द हुने भएको छ । यो निर्णयसँगै मुस्ताङ प्रवेश गर्ने र बाहिरिने सबै सवारी साधनलाई सडक निर्माणको क्रममा रोक लगाइने छ। राष्ट्रिय गौरवको बेनी/जोमसोम ७६ किमी निर्माणधिन सडकलाई गतिदिन यो निर्णय भएको निर्माण कम्पनीले जनाएको छ।

जसअन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका-१ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका-४ को घाँसा देखि लेतेसम्मको निर्माणधिन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको बेनी-जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए।

सडक सुपरभाईजर शेरचनले अन्नपूर्णलाई दिएको जानकारी अनुसार अब दैनिक बिहान ७ बजे देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माणको काम हुनेछ। सो समयमा यातायात ठप्प हुनेछ। बेनी-जोमसोम सडक ४ प्याकेजमा काम भइरहेको छ । निर्माण कम्पनीले म्याग्दीको अन्नपूर्ण -३ र मुस्ताङको थासाङ-४ को सीमाक्षेत्रमा पर्ने बादरजुङ्गेभीरमा सडक चौडा गर्नका लागि रककटिङको काम गरिरहेको छ।

यस्तै, अन्य स्थानमा माटो फिलिङ गर्ने, वाल लगाउने र नाली निर्माण गर्ने काम भइरहेको सुपरभाइजर शेरचनले बताए । राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकको काम २०७४ सालबाट सुरु भएको हो । बेनी-जोमसोम ४ खण्ड र जोमसोम-कोरला ७ खण्डमा काम सुरु गरिएको हो।

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया