आइतबार २९ साउन २०७९

सपना देख्नु एउटा स्वस्थ व्यक्तिको आवश्यक प्रक्रिया हो । निन्द्रा सामान्यता जागृत सुषुप्त अनि स्वप्न अवस्थामा विभाजन गर्न सकिन्छ । चेतन र अवचेतन अवस्थामा जाने आउने दृश्य र अवचेतन र चेतन अवस्थामा आउने फेरबदल परदृश्यलाई नै सपनाको वैज्ञानिक परीभाषा मान्न सकिन्छ ।

गहिरो निन्द्रामा देखिने सपनाले ज्योतिषीय मूल्य मान्यता राखेको हुन्छ ।ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पूर्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइए को छ । अग्निपुराणमा केहि सत्य तथ्य लेखेको पाइन्छ ।

ज्योतिष शास्त्रमा यदि जातकको जन्मकुण्डलीमा नराम्रा ग्रहहरूको असर छ भने नराम्रा नराम्रा सपना देख्दछन् अनि फल पनि नराम्रो नै भोग्दछन् । सपना देखेको समय तिथि मिति अनि देख्ने व्यक्तिको शारिरिक मानसिक अवस्थाले सपना पुरा हुने नहुने बताउन सकिन्छ ।

बिरामी, मानसिक तनाब, शोकको अवस्था र दिनमा देखेको सपनाको कुनै अर्थ राख्दैन ।जन्मकुण्डलीको बिस्तृत अध्यन गरेर सपनाको फल बताउन सकिन्छ । रातिलाई चार प्रहरमा भाग गर्दा पहिलो प्रहरको सपनाको फल एक वर्ष, दोस्रो प्रहरको सपनाको फल आठ महिना, ।

तेस्रो प्रहरको फल एक महिना र बिहान व्रह्ममूहुर्तको र सुर्योदयभन्दा पूर्वको सपनाको फल त्यहि दिन देखी दस दिनसम्म पुरा हुन सक्दछ ।शुक्लपक्ष षष्ठी, सप्तमी, अष्टमी र नवमी अनि कृष्ण पक्षको चतुर्दशीमा देखेको सपनाको फल छिटो प्राप्त हुन्छ ।

पूर्णीमामा देखेको सपनाको फल अवस्य प्राप्त हुन्छ। शुक्ल पक्षको द्वितीया, तृतीया अनि कृष्ण पक्षको अष्टमी र नवमीमा देखेको सपनाको फल उल्टो प्राप्त हुन्छ । शुक्ल पक्षको प्रतिपदा अनि कृष्ण पक्षको द्वितीया तिथिको फल ढिलो प्राप्त हुन्छ । शुक्ल पक्षको चतुर्थी अनि पंचमीमा देखेको सपनाको फल दुई महीना देखि दुई वर्ष सम्म पुरा हुन्छ ।

भगवान शिव सपनामा देखिनु विपत्तिको नाश, देवी देखिएमा रोगबाट मुक्ति र सरस्वती सपनामा देखिनुभए ज्ञानमा वृद्धि हुन्छ । डाक्टर देखे रोग बढ्ने, अतिथी आएको देखे राम्रा खबर सुन्न पाईने, हुलाकी देखे नयाँ खबर आउन सक्ने, ।

पुजारी देखे उन्नति हुन्न सक्ने, भिखारी देखे राम्रो समयको सुरुवात हुन सक्ने , विधुवानारी देखे हानी हुन सक्ने , जवान केटी देखे विवाहको योग बन्नसक्छ ।गुरु देखे सफलता प्राप्ति मिल्दछ भने साधुसन्त देखे राम्रो समयको थालनी हुन सक्छ । साना नानी देखे सन्तान प्राप्ति हुन सक्ने र आफ्नै आमालाई सपनामा देखे सम्मान मिल्दछ ।

१११३ पटक हेरिएको

तपाईको प्रतिक्रिया