सोमबार २० आषाढ २०७९

चर्चित गायक प्रमोद खरेल कोरोना संक्रमणमुक्त भएका छन् । दोस्रो पटक कोरोना पुष्टि भएपछि आइसोलेसनमा बस्दै आएका गायक खरेलले सोसल मिडिया फेसबुकमार्फत् कोरोनामुक्त भएको जानकारी गराएका हुन् ।

गायक खरेलले भनेका छन्, ‘आठ महिनाको अन्तरमा दुई चोटी आक्रमण गर्यो कोरोनाले । पहिलो डोज भ्याक्सिन पनि लाएकै हो, तर पनि आएरै छोड्यो । र, आज आइसोलेशनबाट मुक्त भइयो ।’

गायक खरेलले आफ्नो उपचारमा सहयोग गर्ने डा. सौरभ श्रेष्ठलाई धन्यबाद दिएका छन् । साथै, उनले आफ्नो साथीहरु मनिष, किरण केसी र बहिनी मञ्जुलाई पनि धन्यबाद दिएका छन् । त्यस्तै, उनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएपनि सचेत र सुरक्षित रहन सबैलाई आग्रह पनि गरेका छन् ।

१८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया