बुधबार ०८ बैशाख २०७८

बलिउडमा फिल्म र गीत रिमेकको लहर चलिरहेकै बेला कोही रिमेक हुनुपर्छ भन्छन् त कोही रिमेकले संस्कार बिगारेको भन्दै यस्कोविरुद्ध छन् ।

गीत रिमेक गरेपछि जोकोही निर्माताहरु नयाँ भर्सनलाई दर्शकले मनपराउन भन्ने चाहन्छन् । तर वास्तविकता त्यो भन्दा फरक देखिएको छ ।

आजतकमा प्रकाशित समाचार अनुसार दर्शकहरुको चासो रिमेक भन्दा पनि ओरिजिनल भर्सनतिर नै बढी छ । हालैमात्र अभिनेत्री जाह्नवी कपूरको फिल्म ‘रुही’को नयाँ गीत ‘नदियो पार’ रिलिज भयो ।

यो गीतमा जाह्नवीले आफ्नो ग्ल्यामर र सुन्दरतालाई उत्कृष्ट रुपमा प्रस्तुत गरे पनि यो पुरानो सुपरहिट गीतको नै सहारा किन लिनुपर्यो भन्ने बहस सुरु भएको छ ।

गायिका सोना मोहपात्राले पनि यही प्रश्न गरेकी छिन् । उनले गीत रिमेक गर्दा गायकगायिकासँगै संगीतकारको पनि इज्जत नरहने भन्दै आ क्रो श पोखेकी छन् ।

सामाजिक सञ्जालमा गीतको खिल्लीमात्र उडाइदैन, गायिकादेखि लेखकसम्मको योग्यतामा प्रश्न उठाउने गरिएको छ । तर यो ट्रोलिङका बाबजुद निर्माताहरु रिमेकलाई नै प्राथमिकता दिइरहेका छन् ।

उक्त गीतमा अभिनेत्री जाह्नवी कपूरको ग्ल्यामरस लुकले सबैको ध्यान तानेको छ । गीतकालागी जाह्नवीले लगाएको ड्रेसमा उनी निकै नै से क्सी पनि देखिएकी छन् ।

९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया