काठमाडौं : डाक्टरकाे सल्लाह बिना आफैं औषधि किनेर खाँदा यति ठूलाे क्ष`ति बेहाेर्नु परेकाे घटना बाहिर आएकाे छ । बुटवल गोलपार्कका ५८ वर्षीय पुरुषलाई सामान्य ज्वरो आयो । घरमै रहेको सिटामोल खाएपछि हल्का भएको ज्वरो फेरि अर्काे दिन आयो । फेरि औषधि खाए । अर्काे दिन शरीर दुख्यो । अनि सामान्य खोकी पनि लाग्यो । शरीर कमजोर हुँदै गए पनि उनी को-रोना परीक्षण गर्न गएनन् ।
छैटौं दिन उनी उठ्नै सकेनन् । अक्सिजनको तह ८० भन्दा तल पुगिसकेको थियो। परिवारका सदस्यले घरमै अक्सिजन पु-राइदिए तर, उनमा केही सुधार भएन । केही समयमै उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगियाे । अस्पतालमा भीडभाडले उनले बेड पाएनन् । बेड खोज्दा खोज्दै आधा दिन बित्यो। एम्बुलेन्समा राखिएका उनलाई भैरहवातर्फ लगियो तर, अस्पतालसम्म पुग्न पाएनन् । एम्बुलेन्समै उनको नि- धन भयो ।
प्रादेशिक अस्पताल आएपछि को-भिड परीक्षण गर्दा को- रोना पोजेटिभ देखिएको थियो। ‘बुवाले अस्पताल जान समयमै नमान्दा ब-चाउन सकिएन,’ उनका छोराले भने । बुटवल–११ का दीपक ज्ञवाली १० वैशाखमा ज्वरो आएर मेडिकल पुगे। मेडिकलका चिकित्सकले उनलाई टाइफाइड ज्वरो भन्दै औषधि दिए । दुई दिन खाए, ज्वरो निको भएन । उनका दाजु फेरि मेडिकल पुगे र भाइलाई सुधार नभएको बताए। मेडिकलका चिकित्सकले सात दिनको औषधि खाए ठीक हुन्छ भनेर फर्काए ।
बिहेको तरखरमा रहेका उनी ज्वरो आउँदासमेत केटी हेर्न गुल्मी पुगे । वैशाख १५ गते औषधि खाएरै बिहे मण्डपमा बसे। उनको स्वास्थ्य कमजोर भयो। बिहे मण्डपबाटै उनलाई अस्पताल लगियो तर, अस्पतालबाट फ-र्किएनन्। आईसीयूमा पुगेका उनको २९ गते मृ- त्यु भयो। को- रोना महा-मारीका बेला मिल्दोजुल्दो लक्षण देखिए पनि मेडिकल तथा आफैं औषधि किनेर खाँदा भएका ठूला क्ष-तिका उदाहरण हुन् यी ।
लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सकका अनुसार अन्तिम अवस्थामा आउने धेरै बिरामीको उपचारका क्रममा मृ- त्यु भएको छ । प्रादेशिक अस्पतालका को- रोना फोकल पर्सन डा. नन्दु पाठकले यो समयमा को- रोनाका लक्षणहरूलाई कमजोर आँकलन गर्नै नहुने बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रहेकाे छ ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।