शुक्रबार १७ चैत्र २०७९

काठमाडौ । निसन्तान दम्पत्तीले सडकमा फेला परेकी एक बालिकालाई उठाएर धर्म पुत्री बनाएर पाले । उनलाई राम्रो शिक्षा दिए । तर एक दिन आमा लामो समय माइत बस्न गएको बेलामा बुवाले नै उनै छोरी माथि गलत काम गरे । आफैले छोरी बनाएर पालेकी धर्मपुत्री माथि नराम्रो ब्यवहार गर्ने श्रीमानलाई आमाले नै प्रहरीको जिम्मा लगाइन् ।

यो सत्य घटनामा आधारित गीती फिल्म रावन सार्वजनिक भएको छ । बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन र निर्देशन अनि कला राइको निर्माण रहेको म्युजिकल मुवि ‘रावन’ सार्वजनिक भएको छ। विराटनगरमा घटेको सत्य घटनामा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो।

फिल्ममा मिस कोशी सुस्मिता श्रेष्ठ, पदम अधिकारी, सबिना केसी र बालकलाकार युबिसा गौतमको अभिनय रहेको छ। यस्तै, दिवस गुरुङको छायांकन, राजन महर्जनको कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन, राजु लामाको संगीत, सपना श्रीको स्वर र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ।

२८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया