काठमाडौँ । अब सरकारी तथा सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र टेलिकमका सवारी साधन दुई घण्टा मात्र सञ्चालनमा आउने भएका छन् ।जिल्ला प्रशासन काठमाडौंका अनुसार १४ गते बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ५ बजदेखि ६ बजेसम्म मात्र सञ्चालन हुने भएका हुन् ।
काठमाडौँ उपत्यकामा नयाँ भेरियन्टको संक्रमण तीव्र रूपमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि उपाय अपनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।उपत्यकामा कोभिड-१९ को संक्रमणको तीव्र रूपमा फैलिएपछि पहिलो चरणको निषेधाज्ञा वैशाख १६ गतेदेखि लागू भएको थियो ।
संक्रमण दर नघटेपछि बैशाख २२ गते पुनः निषेधाज्ञा थप गरी २९ गतेसम्म र २९ गतेदेखि पुनः थप गरी जेठ १३ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो । पुनः १४ गतेदेखि २० गतेसम्म पुनः निषेधाज्ञा थियो ।