मंगलबार ०७ चैत्र २०७९

काठमाडौ । काठमाडौं उपत्यकामा फेरी निधेषाज्ञा थप गरिएसंगै सडकमा निकै कडाइ गरिएको छ । निषेधाज्ञा लागू गरिए पनि सडकमा सवारी साधनको चाप नघटेको निष्कर्ष जिल्ला प्रशासन कार्यालयले निकालेका कारण अहिले सडकमा निकै कडाइ गरिएको छ ।

बुधवार देखि प्रहरीको बाक्लो उपस्थिती छ । जिल्ला प्रशासन कार्यालयले दिएको सिफारिस र सूचना विभागको परिचय पत्र वाहक वाहेक अरु संचारकर्मीलाई पनि सडकमा हिड्न दिएको छैन ।

बुधवार समाचार संकलनका लागि निस्किएका धेरै संचारकर्मी प्रहरीको फ न्दामा परेका छन् । प्रहरीले बिचबाटोमै रोकेपछि सडकमै संचारकर्मीका सवारी साधनको लाम लागेको थियो भने प्रहरीसंग चर्काचर्की समेत भएको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालयले आगामी १३ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा जेठ २० गतेसम्मका लागि बढाइएको छ । मंगलवार ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँनु अघि नै सिडिओहरुले थप्ने निर्णय गरेका हुन् । थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

त्यस वाहेक सवारी साधनमा पनि कडाई गरिएको छ । सरकारी गाडी समेत दिउसो संचालन गर्न रोक लगाइएको छ । यसअघि दिएका सवारी पास पनि रद्द गरिएका छन् ।

९९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया