मंगलबार ०७ चैत्र २०७९

काठमाडौ । कोरोना संक्रमित भएका उनका प्रेमी हरिहर अधिकारीका बुवाको उपचारका क्रममा निधन भएपछि नायीका नीता ढुंगाना निकै भावुक भएकी छन् । उनी हरिहरलाई दुखद् अवस्थामा साथ दिन पशुपति क्षेत्रमा पनि पुगेकी थिइन् । स्वास्थ्य मापदण्ड अनुसार हरिहरको वुवाको अन्त्यष्टि गरिएको थियो । त्यतीबेला नीताले भाव विह्वल भएका हरिहरलाई एक पल पनि छोडिनन् ।

उनले हरिहरको बुवालाई विदा गरेपनि निकै भावुक हुँदै स्टाटस लेखेकी छन् । करिब एक बर्षदेखि हरिहरको प्रेममा रहेकी नीताले लेखेकी छिन्–‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाविरुद्ध संसार ल डि रहँदा मेरो देशले मलाई झन् लात हान्छ भन्ने कुराको आज आभाष भयो ।’

उनले अहिले आफु नेपालमा किन जन्मिएँ होला भन्ने लागेको विचार ब्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा हरिहरका बुवासंगको तस्बिर राख्दै उनले यस्तो लेखेकी छन्, ‘मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ ।

मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त ल डा इ कुर्सीको लागि भैरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।

सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् अल विदा बुवा ।

९९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया