आइतबार १९ चैत्र २०७९

कामाठमाडौंको गोठाटारमा भएको एक भिडियो अहिले सामाजिक सजालमा भाइरल भएको छ । जसमा सुकुम्बासी माथि प्रहरीले बल प्रयोग गरेको देखिएको छ । प्रहरीको समुहसंग क्यामेरा लिएर पुगेका संचारकर्मीको पनि वि वा द भएको भिडियोमा देखिएको छ ।
सुकुम्बासी माथि भएको प्रहरी दमनको भिडियो संकलन गर्न पुगेकाहरुको क्यामेरा प्रहरीले खोसेको भन्दै वि वा द भएको हो । प्रहरीले सुकुम्बासी लाई बल प्रयोग गरेको पनि भिडियोमा देखिन्छ ।

महामारीका बीचमा सुकुम्बासीलाई घरवार विहिन बनाएको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भएको छ । सुरक्षाकर्मीको टोलीको नेतृत्व गर्दै पुगेका प्रहरी नायव निरिक्षकले नै क्यामेरा तो ड फो ड गरेको भन्दै प्रहरीसंग वि वा द भएको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।

गोठाटारको बाग्मती नदि किनारमा झुपडी बनाएर बसेकाहरुलाई पशुपति क्षेत्र विकास कोषको जग्गा अ ति क्र मण गरेको भन्दै प्रहरी टहरा भत्काउन पुगेको थियो । त्यही समयमा सुकुम्बासी र प्रहरीबीच पनि विवाद भएको हो । समाचार संकलन गर्न पुगेका पत्रकामाथि पनि प्रहरीले क्यामेरा खोसे पछि विवाद थप चर्किएको थियो ।

संचारकर्मीले तपाई खैनी खानुभएको छ, ड्युटीमा खैनी खाने ? भन्दै विवााद गरेको पनि सुनिन्छ । पत्रकारलाई किन हात हाल्नुभयो ? क्यामेरा किन खोस्नुभयो ? तपाईको नाम भन्नुस् तपाई विरुद्ध प्रहरी प्रधानकार्यालयमा उजुरी हाल्छौं भन्दै विवाद गरेको भिडियोमा सुन्न सकिन्छ ।

६८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया