बुधबार १५ चैत्र २०७९

काठमाडौँ– भारतबाट सिंगापुर जाँदै गरेको एउटा पानीजहाजमा भीषण आगलागी भएको छ । श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको ‘एमभी एक्स-प्रेस पर्ल’ मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको जनाएको छ ।

भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर सिंगापुरको ध्वजावाहक उक्त पानीजहाज मे १५ मा छुटेको थियो । २५ टन ना’इट्रिक ए’सिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो । त्यसपछि उक्त जहाजले कोलम्बो पोर्टमा रोकिन खोजेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । तीमध्ये दुई जना घाइते भएका छन् । आगो निभाउन श्रीलंकाली वायु सेनाको हेलिकप्टरबाट केमिकल फालेको थियो भने जहाजमा रहेका कैयौं कन्टेनर समुद्रमा खसेका थिए । पानीजहाजमा भएको रसायनबाट आगो लागेको हुन सक्ने बताइएको छ ।

श्रीलंकाका अधिकारीहरूले नेदरल्यान्डस् र बेल्जियमका विज्ञहरूले उक्त पानीजहाजको सुपरीवेक्षण गरिरहेको र भारतले पनि आगो निभाउन जहाज पठाउने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।

८३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया