शुक्रबार २७ साउन २०७९

काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्र एक साताका लागि धान्ने खाद्यान्न सामग्री किनेर राख्न अनुरोध गरेको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णयसँगै उपत्यकाभित्र रहेकाहरुलाई एक साताका लागि धान्ने खाद्यान्न सामग्री किन्न आग्रह गरेको हो ।

एक साताका लागि बढाइएको निषेधाज्ञामा अबको दुई दिनपछि किराना पसल तथा डिपार्टमेन्टल स्टोर खोल्न नपाइने निर्णय गरिएको छ । तर, सागसब्जी, माछामासु, दूधलगायत पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।तर, बेलुकी भने तरकारी पसल पनि खोल्न नपाइने निर्णय भएको छ ।प्रशासनले अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएपछि उक्त दुई दिनका लागि समय दिएको छ । खाद्यान्नअन्तर्गत दाल, चामल, चिनी किन्न लाई दुई दिनको समय छुट्याइएको छ ।

दैनिक किराना पसल तथा डिपार्टमेन्टमा मानिसहरूको भीडले कोरोना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारी अपनाइएको छ ।यसैगरी बैंकमा भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंक एउटा र वाणिज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिएको छ।पत्रकारको हकमा सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफारिसमा प्रशासनको अनुमति चाहिने निर्णण् भएको छ ।

७६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया