शुक्रबार १७ चैत्र २०७९

पुल्चोक इन्जिनियरिङ कलेज का पुर्व विद्यार्थी ( ०७२ सिभिल इन्जिनियरिंग ), इन्जिनियर उदय भण्डारीको असामायिक नि’धनले हामी स्तब्ध भएका छौँ | उदय भण्डारी क्याम्पस जीवनमा क्याम्पसका सम्पूर्ण गतिविधि हरुमा अत्यन्त क्रियाशील, परोपकारी कर्म मा सदैव समर्पित र कुशल विद्यार्थी हुनुहुन्थ्यो र पेशागत जीवनमा प्रगति गर्दै हुनुहुन्थ्यो | तपाईंको रचनात्मक क्रियाशीलता क्याम्पसका हरेक भित्ताले सदैव सम्झिरहनेछ उदय | यस पिडाको घडीमा शोक संतब्ध परिवार, इष्ट मित्र तथा आफन्तजन समपुर्णमा भावपूर्ण समवेदना व्यक्त गर्न चाहन्छौं ।

यो पनि:काठमाडौंँ । फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको निधन भएको छ । उनका बुवा केही समय देखि संक्रमित थिए । अधिकारीको सोमवार निधन भएको हो ।

करिब तीन सातादेखि रोगसँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।

सिनेकर्मी माझ युवा ज्योतिष हरिहर अधिकारीको राम्रै प्रभाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनी आम ज्योतिष भन्दा फरक छन्। झट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सिनेकर्ममा होमिएका हुन्। उनी ‘शुभ लभ’ नामक सिनेमाबाट नायकका रूपमा पर्दामा डेब्यू गरेका थिए

१०६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया