मंगलबार २० मंसिर २०७९

काठमाडौं / एमालेकी नेतृ एवम् विघटित प्रतिनिधि सभाकी सांसद लक्ष्मी चौधरीले नागरिकतासँग पद साटेका प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले देश समाप्त पार्न लागेको आरोप लगाएकी छिन् ।

सोमबार सामाजिक सञ्जालमार्फत नेतृ चौधरीले एमालेका २७ जना सांसदलाई कारबाही गरेर देखाउन ओलीलाई चुनौती दिएकी छिन् । उनले मन नपरेकाहरूलाई छानीछानी कारबाही गरेको भन्दै आक्रोश पोखेकी छिन् । ‘प्रधानमन्त्रीलाई भोट नदिएको भनेर कावारही गरेको हो भने २७ जनालाई कार्वाही गरेर देखावस्’, नेतृ चौधरीले चेतावनी शैलीमा भनेकी छिन् ।

‘हैन भने कावारहीको डण्डा देखाएर आफ्नो अपमान नगरे हुन्छ ।’‘हामी सत्यको पक्षमा उभिएको छौं’, नेतृ चौधरीले ओलीलाई सचेत गराउँदै भनेकी छिन्, ‘नागरिकतासँग पद साटेर देश सकाउने पक्षमा छैनौँ र गर्न दिँदैनौँ ।’ ओलीले एमालेको स्थायी कमिटीको बैठकबाट सोमबार वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसहित ११ जना नेताहरूलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेका छन् । ओलीको कारबाहीमा पर्नेमा एमाले नेतृ चौधरी पनि छिन् ।

३८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया