शुक्रबार १७ चैत्र २०७९

काठमाडौँ । नयाँ वर्ष २०७८ सालको पहिलो चन्द्र ग्रहण जेठ १२ गते बुधबार लाग्दैछ । यस दिन वैशाख शुक्लपक्ष पूर्णिमा तिथि पनि परेको छ। यो पटकको चन्द्र ग्रहण उपछाया चन्द्रग्रहण हुनेछ। त्यसैले यसको सूतककाल मान्य हुने छैन्। यो चन्द्रग्रहण नेपालबाट भने देखिने छैन्। त्यसैले नेपालमा पनि सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यो चन्द्रग्रहण नेपाली समय अनुसार दिउँसो २ बजेर ३२ मिनेटबाट शुरु भएर वेलुकी ९ बजेर ३९ मिनेटमा सकिनेछ। यो नेपालबाट नदेखिने भएपनि व्यक्तिको जीवनमा भने प्रभाव पार्ने ज्योतिषीहरु बताउँछन्। ग्रहणको चाल व्यक्तिको जीवनमा निकै महत्वपूर्ण हुने गर्छ।

व्यक्तिमाथि राम्रो र नराम्रो गतिविधि ग्रहको चालका कारण हुने गर्छ। सबै राशिमाथि यस ग्रहणको प्रभाव अलग अलग हुने गर्छ। यो पटकको चन्द्र ग्रहणको प्रभावले केही राशिलाई धन लाभ हुनेवाला छ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ। आउनुहोस् हेरौँ कुन राशिलाई पर्नेछ कस्तो असर ?

मेष राशिः मेष राशिका व्यक्तिमा चन्द्र ग्रहणको प्रभाव राम्रो पर्ने छ। जसका कारण धन लाभको निकै सम्भावना देखिन्छ। तर मानसिक तनाव भने झेल्नुपर्ला । आफ्नो र आमाको स्वास्थ्यको ध्यान राख्न आवश्यक छ । लामो समयदेखि रोकिएका प्रोजेक्ट पूरा हुनेछन्। आफ्ना प्रियजनसँग राम्रो सम्बन्ध रहला ।

वृष राशिः वृष राशिका व्यक्तिमा पनि चन्द्र ग्रहणको प्रभाव ठिकै देखिएको छ। धन प्राप्ति हुनुका साथसाथ खर्च पनि हुने देखिन्छ। त्यसले फजुल खर्चबाट बच्नुहोला । वैवाहिक जीवनमा खटपट् हुने देखिन्छ। वाणीमा नियन्त्रण राख्नुहोला ।

मिथुन राशिः यो पटकको चन्द्र ग्रहणको मध्यम प्रभाव मिथुन राशिका व्यक्तिमा पनि पर्नेछ। यस क्रममा वादविवादबाट बच्नुहोला । केही अप्रत्यासित घटनाको सामना पनि गर्नुपर्ने देखिन्छ। सावधानी अपनाउनुहोला ।

कर्कट राशिः यस राशिका व्यक्तिलाई व्यापार व्यवसायमा लाभ हुने देखिन्छ। दोस्रो व्यक्तिको कुराको पछि लाग्नुभन्दा आफ्नै विवेकको प्रयोग गर्नु राम्रो हुनेछ। दुर्घटना हुने आशंका पनि छ। त्यसैले सावधानी अपनाउनु होला। मानसिक तनाव वा पेटको समस्या देखिनसक्छ। स्वास्थ्यको ख्याल राख्नुहोला।

सिंह राशिः सिंह राशिका व्यक्तिमाथि चन्द्रग्रहणको अनुकुल प्रभाव देखिनेछ। आर्थिक स्थिती बलियो हुनेछ। साथीसँग समय विताउँदा राम्रो होला। वैवाहिक जीवनका लागि समय राम्रो छ। तनाव र चिन्ताबाट भने बच्नुहोला ।

कन्या राशिः यस राशिका व्यक्ति आकर्षणका केन्द्र बन्न सक्नेछन्। नोकरीमा वृद्धि हुनेछ। मानसम्मान बढ्नेछ। भाग्य बलियो हुनेछ। आर्थिक लाभ मिल्नेछ। हतारमा निर्णय लिनबाट भने बच्नुहोला। आफ्ना आसपासका व्यक्तिसँग धैर्य बनाइराख्नुहोला।

तुला राशिः यस राशिका व्यक्तिको आर्थिक नोक्सान हुने देखिन्छ। उधारो वा पैसा सापटी दिनबाट बच्नुहोला। नयाँ कामको थालनी गर्नबाट बच्नुहोला। प्रेम सम्बन्धमा मधुरता आउनेछ।

वृश्चिक राशिः वृश्चिक राशिका व्यक्तिमा चन्द्र ग्रहणको नराम्रो प्रभाव पर्ने देखिन्छ। आर्थिक नोक्सानको सामना गर्नुपर्ला । मानसिक तनावबाट बच्नुहोला। जीवनसाथीसँग वादविवाद हुनसक्नेछ।

धनु राशिः धनु राशिका व्यक्तिले वाणीमा नियन्त्रण राख्नु पर्नेछ। वादविवादबाट बच्नुहोला। आफ्नो भावनालाई राम्रो भावले व्यक्ति गर्नुहोला । आर्थिक नोक्सानको सामना पनि पर्नुपर्ने देखिन्छ। अनिद्राको समस्या पनि हुनसक्नेछ।

मकर राशिः मकर राशिका व्यक्तिको आर्थिक स्थिती बलियो हुने देखिन्छ। सफलताको नयाँ बाटो खुल्नेछ। पार्टनरका साथका सबन्ध प्रभावित हुनसक्नेछ। धर्यता राख्नुहोस् र ध्यानको अभ्यास गर्नुहोस्।

कुम्भ राशिः यस राशिका व्यक्तिले व्यापारमा उताव चढापको सामना खेप्नुपर्नेछ। यो समय यस राशिका लागि राम्रो देखिदैन। त्यसैले कार्यस्थलमा सामन्जस्य बनाएर राख्नुहोला। यात्रा गर्नबाट बच्नुहोला र स्वास्थ्यको ध्यान राख्नुहोला ।

मीन राशिः मीन राशिका व्यक्तिले ठूलो परिवर्तन गर्नबाट बच्नुहोला। परिवारजनको स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। वादविवादबाट टाढै रहनुहोला । कुराकानीबाट गलतफहमी हटाउनुहोला।

४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया