काठमाडौं – ज्योतिष तथा अभिनेता हरिहर अधिकारीलाई पितृ शोक परेको छ । उनका बुबा रामबहादुर अधिकारीको सोमबार कोरोना संक्रमणबाट निधन भएको छ ।
२ हप्ता देखि कोरोनासँग लडिरहेका हरिहरका बुबा रामबहादुरको कलंकी स्थित नेश्नल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । केही हप्ता देखि उनको परिवार नै कोरोना संक्रमित भएका थिए ।
रामबहादुर बाहेक अन्यले घरमै उपचार गरिरहेका थिए । फिल्म शुभलभ बाट चर्चामा आएका हरिहर एक ज्योतिष पनि हुन् । उनका बुबा पनि ज्योतिष विधामा सक्रिय रहेका थिए ।