Exclusive: विप्लवको ओलीलाई नछोड्ने चेता*वनी ! Rabi Lamichhane भन्छन् थप दु’ख नदिनु होला, पा’प लाग्छ… (भिडियो हेर्नुहोस्)
याे समचार पनि पढ्नुहोस्
पार्टीले सोधेको स्पष्टीकरण नदिने जबाफ प्राप्त भएपछि स्थायी समितले यस्तो निर्णय गरेको हो। सोमबार अपरान्ह बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाल र खनाललगायतका ११ जनालाई साधारण सदस्य नरहने गरी कारबाही गरेको हो।
बैठकले कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, झलनाथ खनाल, माधव नेपाल,भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कलिला खातुन र निरा देवी जैरूलाई साधारण सदस्य नरहनेगरी निष्कासन गरेको हो। सोमबारको बैठकले थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
थप २४ घन्टे स्पष्टीकरण सोधिने नेतामा घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, भवानी खापुङ, यज्ञराज सुनुवार, विरोक खतिवडा,जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, साेमप्रसाद पाण्डे, मेटमणि चाैधरी, झपट रावल, दीपकप्रकाश भट्ट र नारायण खतिवडालगायत छन्।
त्यसैगरी सुदूर पश्चिम प्रदेका मुख्यमन्त्री त्रिलाेचन भट्टलाई नेकपा एमालेले दिएकाे समर्थन फिर्ता लिने तथा मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन दिने निर्णय भएको छ ।
बैठकमा सोमबार सर्वोच्चमा दायर भएको रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि छलफलल भएको थियो।कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।
पहिले देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा हस्ताक्षर गर्ने सांसद २६ जना थिए भने सोमबार रिट दायर गर्ने क्रममा २३ जना मात्रै छन् । माधव समूहका भनी चिनिएका गोकर्ण विष्ट, गणेश पहाडी र पवित्रा निरौलाको नाम रिट दायर गर्ने सांसदको सूचीमा छैन ।