बुधबार १५ चैत्र २०७९

सरकारले महामारी रोक्न निषेधाज्ञा लगाएको छ । उक्त निषेधाज्ञाको अनुगमन गर्न प्रहरी परिचालित हुने गर्छन् । तर अनुगमन गर्न गएका प्रहरीलाई नै पसले मिलेर धु’लाई गरे के होला? बिराटनगरमा यस्तै भएको छ । त्यहाँ निषेधाज्ञा अनुगमनका लागि परिचालन भएको प्रहरी टोलीमाथि ह’म’ला भएको छ । पसल बन्द गरेर निषेधाज्ञाको पालना गर्न आग्रह गरिरहेको टोलीमाथि विराटनगर महानगरपालिका–१ पुष्पलाल चोकमा यस्तो भएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार डिएसपी मानबहादुर राई नेतृत्वको टोलीमाथि यो घटना भएको हो । खड्काका अनुसार चार जना प्रहरीलाई चो’ट’प’ट’क लागेको छ । बाँ’स र भा’टाले हा न्दा डिएसपी राईसहितका प्रहरीको पाखुरा र शरीरका भा’गमा चो’ट ला’गेको हो । प्रहरीमाथि उत्रिएको समूहले डिएसपी राईका अ ङ्ग रक्षक प्रहरी जवान रामबहादुर तामाङले लगाएको पोसाक पनि च्या’ति’दि’एको छ ।

निषेधाज्ञामा पसल खुला राखेर भिडभाडसाथ तरकारीलगायत सामग्रीको किनबेच भइरहेको पाइएपछि प्रहरीले सुरुमा सम्झाइबुझाई गरेर पसल बन्द गर्न आग्रह गरेको थियो । तर केही बेरमै प्रहरी त्यहाँ आइपुग्दा पसल बन्द नगरेको र भी’डभा’ड झन् बढेको पाइएको एसपी खड्काले बताए ।

यसरी प्रहरीमाथि जा’इ ला’ग्नेमा विराटनगर–१ की ४० वर्षीया आशा साह, १८ वर्षीया मेनुका साह, २२ वर्षीया अञ्जना साह, १९ वर्षीया उषा साह र अजय साह छन् । पक्राउ परेकाहरुमाथि आवश्यक कारबाही अघि बढाउन अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

५६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया